काठमाडौं । संघीयसभाका सांसद निशा डाँगीले आफ्नो स्वकीय सचिवका लागि आवेदन खुलाएकी छन् । मेयरदेखि सांसदसम्मले आफ्ना परिवार, आफन्त र नातगोतालाई मात्रै स्वकीय सचीव बनाएको भन्दै आलोचना बढिरहेको बेला रास्वपाकी सांसद डाँगीले स्वकीय सचिवको भ्याकेन्सी खुलाएकी हुन् ।
उनले कानून र राजनीतिशास्त्रमा स्नातक गरेको, समसामयिक कुरामा जानकारदेखि अंग्रेजी भाषाको दख्खल भएकोजस्ता शर्त राख्दै महिला स्वकीय खोजेकी छन् । १६ गते आव्हान गरिएको विज्ञापनअनुसार सात दिनभित्र प्रस्ताव पेशको समय सीमा तोकिएको छ।