९ मंसिर २०८१, आइतबार 1732509057
Banner

उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक जारी

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक जारी छ। वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनौट गर्न एमाले सचिवालय बैठक बसेको हो। 

पार्टी कार्यालय च्यासलमा जारी बैठकले तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनौट गर्नेछ। 

तनहुँ १ मा नेपाली कांग्रेसले गोविन्द भट्टराई, रास्वपाले डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ। यस्तै चितवन २ मा कांग्रेसबाट जितनारायण श्रेष्ठ, रास्वपाबाट सभापति रवि लामिछाने उम्मेदवार छन्। बारा–२ मा रास्वपाबाट रमेश खरेल, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव, लोसपाबाट राजेन्द्र महतो र जनमत पार्टीबाट शिवचन्द्र कुशवाह उम्मेदवार रहेका छन्।