१७ असार २०८३, बुधबार 1782950137
Banner

बालकोटमा ढल खन्दा एक मजदुरको मृत्यु, अर्का गम्भिर घाईते

काठमाडौं । भक्तपुरको बालकोटमा ढल खन्ने क्रममा दुईजना मजदुर पुरिएका छन् ।

सूर्यविनायक नगरपालिका–२ बालकोट रागिनी हाइटस्थित भित्री बस्तीमा नयाँ ढल विस्तारका लागि खाल्डो खन्ने क्रममा एक्कासि माथिबाट माटोको ढिस्को खसेर पुरिँदा सुनसरी गढी गाउँपालिका–२ घर भई हाल बालकोट बस्ने २२ वर्षीय नितेश ऋषिदेवको मृत्यु भएको हो ।

माटोको ढिस्कोले पुरिँदा सुनसरी गढी गाउँपालिका–२ घर भई हाल बालकोट बस्ने ३० वर्षीय सियाराम ऋषिदेवको कौशल्टारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । घटनापछि प्रहरी वृत्त थिमिबाट १८ जनाको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी समेतको सहयोगमा उद्धार गरी घाइते दुवैलाई उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल पठाइएको थियो । उपचारकै क्रममा एकको मृत्यु भएको र अर्का मजदुरको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ पाठकले बताउनुभयो ।