१० मंसिर २०८१, सोमबार 1732530850
Banner

उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेले गरे प्रहरी कार्यालयमा आत्मासमर्पण

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे प्रहरी कार्यालयमा उपस्थित भएका छन् । गृह मन्त्रालयका पूर्वसचिवसमेत रहेका उनी जिल्ला प्रहरी परिसर टेकुमा उपस्थित भएका हुन् ।