काठमाडौं । सत्ता गठबन्धनका दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ । बैठकमा सरकारलाई पूर्णता दिनेलगायत समसामयिक बिषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई पनि सरकारमा ल्याउनेबारे छलफल हुने बताइन्छ । रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्रीले पहल गरिरहेका छन् ।