९ मंसिर २०८१, आइतबार 1732464863
Banner

कांग्रेसबाट थपिए तीन मन्त्री, स्वास्थ्यमा मोहन बस्नेत

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज नवौं पटक मन्त्रिपरिषद् विस्तारका  गर्दै तीन मन्त्रीको नाम सिफारिस गर्नुभएको थियो ।   

राष्ट्रपतिले  कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गर्नुभएकाे हाे  ।  मन्त्री बनेका तीनै जना कांग्रेसबाट मन्त्री बन्नुभएकाे हाे  ।

कांग्रेसले पाएको ८ मन्त्रालयमा यसअघि नै देउवाले आफू निकटका ५ जनालाई मन्त्री बनाइसकेका छन् ।  याेसँगै कांग्रेसकाे भागमा पाएको आठ वटै मन्त्रालयले पूणता पाएको छ तर, प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले भने अझै पूर्णता पाउन सकेको छैन । नवनियुक्त मन्त्रीहरुको बिहीबार दिउँसो ३ बजे शपथ ग्रहण हुने राष्ट्रपति कार्यालयका एक अधिकारीले जानकारी दिनुभयाे ।