२७ भदौ २०८३, शनिबार 1789271782
Banner

नागरिकता विधेयकको बारेमा कानुनविद्सँग छलफल गर्दै राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा रोकिएको नागरिकता विधेयकको बारेमा बुझ्न कानुनविद्सँग छलफल गर्ने भएका छन्।

नागरिकता विधेयक संसद्ले दोस्रोपटक पारित गरेर गत भदौमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर, भण्डारीले प्रमाणीकरण अस्वीकार गरेपछि विधेयक अलपत्र परेको थियो।

आइतबार त्यही विधेयकको अवस्था, कानुनी हैसियत के हुन्छ भनेर कानुनविद्सँग छलफल गर्न लागेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।