८ मंसिर २०८१, शनिबार 1732402888
Banner

१०–१० वटा पार्टी मिलेर पनि पूर्ण सरकार बनाउन सकेन : ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अस्थिरताको कारण सरकार र सरकारमा रहेका सत्तारुढ दल भएको आरोप लगाएका छन् । सत्तारुढ दलहरु केवल सरकार परिवर्तनको खेलमा मात्र लागेको र विकास निर्माणको काम केही पनि गर्न नसकेको अध्यक्ष ओलीले दाबी गरेका हुन् ।

आइतबार संघीय संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘मंसिर ४ मा चुनाव भएको आज वैशाख २४ गते भइसक्यो । यी बितेका महिनासम्म सरकार परिवर्तनका खेलहरु मात्र भए । स्थानीय तहमा सरकार परिवर्तन गर्न नमिल्ने भएकाले हो नत्र त्यहाँ पनि यही खेल चलिरहन्थ्यो । प्रदेशमा त्यही खेल चलाइरहेका छन् । देशका लागि होइन, आफ्नो गुटगत स्वार्थ हेरेर त्यही काम गरिरहेका छन् ।’

१०–१० वटा पार्टी मिलेर पनि सरकार बनाउन नसकेको भन्दै ओलीले व्यङ्ग्यसमेत गरे । ‘कोही छुट्दैछन् कोही भर्ती हुँदैछन् । अस्तिको दिनमा मात्र एउटा घटकले सरकारले छोड्यो। अस्ति कहिले ३ जना मन्त्री बल्ल थप्यो। अझै सरकारले पूर्णता पाउन सकेको छैन । १०–१० वटा पार्टीले सरकार बनाउन सक्दैन । गठबन्धन पनि कति हो टुंगो छैन। कहिले ७ भन्या छ कहिले ८, कहिले ९, कहिले १० । राजनीतिक तामाशा देखाइएको छ ।’