९ मंसिर २०८१, आइतबार 1732437755
Banner

नारीले आफ्नो हैसियतमा राजनीति गरेको सहेनन् : डा.आरजु राणा देउवा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.आरजू राणा देउवाले महिलाले आफनो हैसियतमा राजनीति गरेको सहैय नभएको बताउनुभएको छ । आज संसदमा आक्रोशितरुपमा प्रस्तुत हुँदै डा. राणाले भ्रष्टाचारका मुद्दामा जोडेर प्रचार गरिएकोमा आपत्ति रहेको बताउनुभयो । उहाँले भन्नुभयो, भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति सिरियस छौं भन्ने ठूलो प्रश्न उठेको छ । म नभएको दिन यहाँ मेरो नाम ईंगित गरेर अनेक प्रश्न उठाइयो । आज पनि उठेको पाएको छु । एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको सैह्य हुँदैन रहेछ । पुरुषले भनेको ठाउँमा मात्रै नारी बस्नुपर्ने, पुरुषकै भाष्य बोल्नुपर्ने । नारी आफ्नो पब्लिक लाइफमा आयो भने पुरुषलाई असैह्य हुने । यो परिस्थिति बनेको छ । यो नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय नै छ । त्यसको विरोधमा हो संविधान लेखेको । यसका लागि जसले जति क्रिटिसाइज गरे पनि‘ मैले केही बिराको छैन । डराउँदिन, उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, हामी सम्पत्ति विवरण बुझाउँछौं । मेरो श्रीमान ५–६ चोटि प्रधानमन्त्री हुनुभएको छ । मेरो लगायत, हाम्रो सम्पत्ति विवरण नेपाल सरकारसँग सुरक्षित छ । म अनुरोध गर्न चाहन्छु, आजसम्म जति सांसद छौं, सबैको सम्पत्ति विवरण प्रकाशित गरेर वेवसाइटमा राखियोस । जनताले देखोस, कसको बढ्यो, कति बढ्यो, स्रोत के हो ? इन्डियामा हरेक महिना जुडिसियलका कर्मचारीले आफ्नो सबै हिसाब डिक्लीयर गर्नुपर्छ । हरेक महिनाको बिल बुझाउनुपर्छ । हामी त्यो कानून ल्याउन सक्छौं ? अरुलाई होच्याउन पाए जे पनि बोलेर हुन्छ ?