९ मंसिर २०८१, आइतबार 1732447326
राजनीति

नक्कली शरणार्थी प्रकरणका दोषीलाई संसदमै एक्सपोज गर्न सुनिल शर्माको माग


काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनिल कुमार शर्माले नक्कली शरणार्थी प्रकरणका दोषीलाई संसदमै एक्सपोज गरिनुपर्ने जोडदार माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै शर्माले थुनामा राखिएका भनिएका मानिसहरुलाई भेटन जादा वयान गर्ने बेलामा सरकारी वकिलका अगाडि बयान परिर्वतन गर्न दबाब दिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो राष्ट्रिय चासोको बिषय भएकाले सम्भव हुन्छ भने सदनमा ल्याएर त्यसका मुख्य नायक को हुन एक्सपोज गरिनुपर्दछ’ । सदनमा ल्याएर दुईवटा भरियाको पर्दाफास गरिनुपर्दछ, कुन पार्टी भन्ने कुरा महत्वपुर्ण होइन यो राज्य, देश र नागरिक महत्वपुर्ण हो । जो जो संलग्न छन उनिहरुलाई कारबाहि गरियोस हामी सुन्न चाहन्छौ ।’ शर्माले भन्नुभयो ।