१७ असार २०८३, बुधबार 1782957094
Banner

प्रधानमन्त्रीले पुनःविश्वासको मत लिनुपर्छ: सांसद सुवाल

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः विश्वासको मत लिनुपर्ने बताउनु भएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलले समर्थन फिर्ता लिएको हुनाले अब विश्वासको मत लिनुपर्ने बताउनु भएको हो ।

त्यस्तै, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्न नपाउने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘सत्ता गठबन्धनको बैठक बेठिक छ। ख्वप विश्वविद्यालयबारे हामीले २०७३ सालमा संसद्मा दर्ता ग¥यौँ । २०७४ मा चुनाव भएपछि अब यो काम लाग्दैन भनेपछि अहिलेसम्म ल्याइएको छैन।’

एउटा राष्ट्रपतिले प्रमाणीकरण नगरेको विधेयक अर्को राष्ट्रपतिलाई प्रमाणीकरण गराउने सत्ता गठबन्धनको निर्णय प्रजातन्त्रको मान्यता विपरीत छ ।