२७ भदौ २०८३, शनिबार 1789255458
Banner

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेको प्रहरीले जनाएको छ । यसअघि पक्राउ परेकाहरुले दिएको बयानका आधारमा अनुसन्धान गर्दा उनीहरुको पनि संलग्नता देखिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस प्रकरणमा पूर्व गृहसचिव टेकनारायण पाण्डेसहित सात जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन्। टोप बहादुर रायमाझी फरार छन् ।