मोरङ – मोरङको बूढीगंगा गाउँपालिकाका एक युवक सडकमा बनिरहेको रिटेनिङ वाल गुणस्तरहीन भएको भन्दै बिजुलीको हाइटेन्सन पोलमा चढेका छन्।
बूढीगंगा गाउँपालिका वडा-७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको गुणस्तर कमसल भएको विरोधमा १ लाख ३२ हजार भोल्टको हाइटेन्सन पोलमा चढेका हुन् ।
उनले गुणस्तरहीन काम रोक्न माग गरेका छन् । गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता नजनाएसम्म पोलबाट नझर्ने अडान लिइरहेका छन्। आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत माझीले दिएका छन् ।
बिहान पोलमा चढेका उनलाई ओराल्ने प्रयास भइरहेको छ ।