१३ आश्विन २०८३, मंगलबार 5:20 am
Banner

आचारसंहिता खारेजीको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

काठमाडौं। स्थानीय तहको आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले कायम गरेको आचारसंहिताविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था कायम भएपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
सोमबार दर्ता भएको रिटमाथि आज एकल इजलासमा सुनुवाइको पेसी तोकिएको छ।