काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित तीन जनाको आज बयान हुने भएको छ । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीवार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको आज बयान लिईने बताईएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको हिजो बयान सकिएको हो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँको बयान लिइएको हो । प्रकरणका आरोपितमध्ये हिजोसम्म १५ प्रतिवादीले बयान दिइसकेका छन् । प्रकरणका आरोपितमध्ये १८ पक्राउ परेका छन् भने १२ अझै फरार रहेको प्रहरीले जनाएको छ ।
नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो ।