२७ जेष्ठ २०८३, बुधबार 1781104317
Banner

दरबार हत्याकाण्ड भएको आज २२ बर्ष पुरा, अझै खुलेन रहस्य

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २२ वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन ।

पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का लगायत राजपरिवारका १० जना सदस्यको गोली प्रहार गरी हत्या भएको थियो ।

उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ।

हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोलीले उडाएको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गरेका थिए । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् ।

प्रधानन्यायाधीश संयोजकत्वको समितिपछि उक्त घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । तर बेलाबेलामा सरकारी तवरबाटै यसको छानविनको माग भने उठ्ने गरेको पाइन्छ । यद्यपि राजनीतिक प्रतिशोधका कारण यस्ता माग उठ्ने गरेको भए पनि यस हत्याकाण्डको सत्य घटना सार्वजनिक गर्नेतर्फ चासो दिने गरेको पाइँदैन । त्रीभुवन सदनको विलियर्ड हल

यो त्यहि कोठा हो जहाँ २५ वर्ष अगाडि जेठ १९, २०५८ सालमा देशले राष्ट्रप्रेमि राजा वीरेन्द्रका साथ साथै राजपरिवारका अन्य सदस्यहरु रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुती, अधिराजकुमारी शान्ति, अधिराजकुमारी शारदा, शाहज्यादी जयन्ती, कुमार खड्ग बिक्रम शाही तथा अधिराजकुमार धिरेन्द्रको हत्या भएको थियो ।

नारायणहिटी राजदरवार भित्र रहेको त्रीभुवन सदनमा प्रत्येक महिनाको शुक्रवार पारिवारिक भेला हुने गर्दथ्यो । जेठ १९ को रातको पारिवारिक भेलाको जिम्मेवारी युवराज दिपेन्द्रले बहन गर्नुभएको थियो । त्रीभुवन राजा त्रीभुवनको शासनकालमा तैयार भइ राजा त्रीभुवनको निवासका रुपमा रहेको थियो ।पछिल्लो समय यसै भवन युवराज दिपेन्द्रको निवासका रुपमा रहेको थियो ।

जेठ १९ को रात्रीभोजको आयोजना दिपेन्द्रबाट हुने भएको हुँदा दिपेन्द्रको निवास रहेको त्रीभुवन सदनमा नै रात्रीभोजको तैयारी गरिएको थियो । साथै सबै राजपरिवारका सदस्यहरुलाई बोलाउने जिम्मा पनि युवराज दिपेन्द्रको नै रहेको थियो । जसअनुसार उनले सबैलाई जानकारी गराएका थिए ।

राती जमघटको अगाडि ७:३० मा सबैभन्दा पहिले दिपेन्द्र स्वयं उपस्थित भएका थिए । त्यसको लगत्तै राती ८ बजे आफ्नो मोटरमा महेन्द्र–मञ्जिल पुगेर मुमा बडामहारानीलाई त्रिभुवन सदनमा ल्याउनुभएको थियो । यसपछि मुमा बडामहारानी रत्न विलियार्ड कोठाको पूर्वतर्फ सानो बैठकमा हेलेन शाहसँग बसेर कुराकानी गरि रहनु भएको थियो । राति ८:३० बजे राजा वीरेन्द्र अफिसबाट पैदल नै त्रिभुवन सदनमा पुग्नुभएको थियो । अन्य पाारिवारिक सदस्यहरुको भने यस अगाडि नै आगमन भइसकेको थियो ।

छानविन आयोगको रिपोर्टका अनुसार अन्दाजी ८:४५ तिर युवराज दिपेन्द्र सैनिक कम्व्याट पोशाकमा कालो रङ्गको 9 mm. Caliber MP-5K Automatic Sub-machine Gun बोकेर विलियार्ड हलमा प्रवेश गर्नुभयो र गोली चलाउन थाल्नुभयो । केही गोली सिलिङ र पश्चिम भित्तातर्फ चलाएपछि विलियार्ड टेवुलको पूर्व छेउमा उभिएर कुरा गरिरहनु भएका राजा वीरेन्द्रलाई ताकेर तीन गोली चलाउनुभयो । जसमा एक गोली सिलिङमा, एकगोली पेटमा र अर्को एक गोली घाँटीमा लागेको थियो । यसपछि दिपेन्द्र विलियार्ड हलबाट बाहिरिएका थिए ।

दरवार हत्याकाण्डको सबैभन्दा ठूलो गल्ती यहि समय भएको थियो । यदि दिपेन्द्रले गोली चलाएका भए फर्किदा तत्कालै दिपेन्द्रलाई युवाहरुले समाएर उनकै कोठामा लैजाने र राजा वीरेन्द्रलाई तत्कालै अस्पताल लगिनु पर्दथ्यो । तर यो किन भएन वा किन गरिएन, यहाँ प्रश्न चिन्ह उब्जिन्छ । के बजारमा हल्ला भए झै हत्या अन्यले नै गरेका थिए वा समुह नै थियो । बजारमा जुन हल्ला बढी ब्यापक छ र जनविश्वास छ, त्यो कारण युवराज प्रतिको विश्वास हो ।

त्यस रात भएको हत्याकाण्डमा मृत्यु हुनेहरु –

(१) श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव राती ९:१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।

(२) श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह राती ९:१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।

(३) श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाह राती ९:१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।

(४) श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मीदेवी राणा राती ९:२० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएको र ९:५५ बजे अस्पतालमा मृत घोषित ।

(५) श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी देवी सिंह राती ९:३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।

(६) श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी देवी शाह राती ९:३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।

(७) श्री ५ शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह राती ९:३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।

(८) श्री कुमार खड्गविक्रम शाह राती ९:३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।

(९) श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाह २०५८/२/१९ राती ९:२४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएको र २०५८/२/२२ गते सोही अस्पतालमा विहान ३:४५ बजे मृत घोषित ।

(१०) श्री धीरेन्द्र शाह २०५८/२/१९ राती ९:२४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएको र २०५८/२/२२ गते बेलुकी ५:५७ बजे सोही अस्पतालमा मृत घोषित ।

तथा घाइतेहरु –

(१) अधिराजकुमारी कोमल राज्यलक्ष्मी देवी शाह,

(२) श्री ५ अधिराजकुमारी शोभा राज्यलक्ष्मी शाही,

(३) कुमार गोरख शम्शेर ज.ब.रा.

‘बिस्कुन सुकाए जसरी गोलीका खोका, रगतमा लतपतिएका रुमाल, रगतका टाटाले रातै भएको कोठा अहो, साँच्चै विभत्स थियो’, आफूले आदर्श मानेका राजाको शीरको टोपी भुईंमा, त्यो पनि रगतका टाटाहरूको बीचमा देख्दा मन थाम्नै गाह्रो भयो ।’

(४) श्रीमती केतकी चेष्टर गोलीको वर्षा नै भएको थियो । गोलीको टुक्रा त कति हो कति । आधा डढेका चुरोटका ठूटा, व्हिस्कीका बोतल, फुटेका गिलास त्यहाँ देखिएका हरेक वस्तुको फोटो खिचेँ, रानाभाटले घटनास्थलबारे बयान गर्दै गरेको भिडियो पनि खिचेँ’, उनले सम्झिए, ‘देशको राजा र उहाँको परिवार यति विभत्स तरिकाले मारिएका थिए, भनिसाध्य छैन ।’ युवराज दीपेन्द्रको खोपी र त्रिभुवन सदनको बीचमा एउटा पोखरी छ । पोखरीको पुलबाट उत्तर माथि तलाको खोपीतर्फ जाने मुख्यद्वारहुँदै भित्री भर्‍याङमा केही दाँत र बङगारा छरपस्ट थिए । रातो टीका, दुइटा कानको रातो टप, रातो चुराका टुक्राहरू, ठाउँठाउँमा रगतको टाटा थिए । गिदी छरिएको दृश्यले आफूलाई आकुलव्याकुल बनाएको कार्की बताउँछन् । ‘त्यहाँ बडामहारानी मारिनुभएको थियो । लाग्थ्यो, त्यहाँ रगतको खोला बगेको थियो’, उनले भने । भर्‍याङ रहेको ल्याण्डिङ एरियाबाट फाइरिङ भएको भनिएको थियो ।  युवराज दीपेन्द्रको खोपी र त्रिभुवन सदनको बीचमा एउटा पोखरी छ । पोखरीको पुलबाट उत्तर माथि तलाको खोपीतर्फ जाने मुख्यद्वारहुँदै भित्री भर्‍याङमा केही दाँत र बङगारा छरपस्ट थिए । रातो टीका, दुइटा कानको रातो टप, रातो चुराका टुक्राहरू, ठाउँठाउँमा रगतको टाटा थिए । गिदी छरिएको दृश्यले आफूलाई आकुलव्याकुल बनाएको पोखरीमा दीपेन्द्रको टोपी तैरिरहेको थियो । पेस्तोल पनि पानीमै थियो ।’ एउटा राजा मासेर सयौं राजा ल्याउने व्यवस्थाजस्तो लाग्यो राजा महेन्द्रका ज्वाइँ कुमार खडगविक्रम दिवंगत राजा वीरेन्द्रका भिनाजु हुन् । उनले राजा महेन्द्रकी छोरी शारदासँग बिहे गरेका थिए । १९ जेठ २०५८ सालमा भएको दरबार हत्याकाण्डमा कुमार खड्कविक्रम पत्नी शारदा पनि मारिएकी थिइन् । उनी २०२४ देखि २०३४ सालसम्म राष्ट्रिय खेलकुद परिषदका सदस्य समेतसमेत थिए । धनुषाको जग्गा भ्रष्टाचार घटना २०५८ को दरबार हत्याकाण्ड हुनुभन्दा अघिको हो ।

बिलियर्ड कोठा, बाहिरी चौर र सुखला हुने भवनको गेटभित्रबाट ठुलो संख्यामा गोलीका खोकाहरू बरामद भएका थिए। त्रिभुवन सदनको मुख्य भर्‍याङको खुड्किलामा तत्कालीन बडामहारानी ऐश्वर्यको दाँत र बंगाराका टुक्राहरू, रगतको ठुलो आहाल, साडीको क्लिप र पोतेका टुक्राहरू छरपस्ट अवस्थामा भेटिएका थिए भने भित्ताहरूमा गिदी र रगत उछिट्टिएको प्रस्ट देखिन्थ्यो। यसबाहेक बिलियर्ड बोर्ड नजिकै चुरोटका बट्टा, डा. राजीव शाहीको चेक कोट, राजा वीरेन्द्र तथा कुमार धीरेन्द्र शाहको टोपी र चश्मा रगत लतपतिएको अवस्थामा फेला परेका थिए।

शेरबहादुर कार्की त्यस बेलाका फोटो ग्राफर