१२ मंसिर २०८१, बुधबार 1732696326
Banner

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको स्रोतले जनाएको छ।

यसअघि वैशाख ६ गते राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि भारत लगिएको थियो ।