१० कार्तिक २०८१, शनिबार 1730002448
Banner

समाजवादी संयुक्त मोर्चाका लागि दस्तावेज टुंगो लाग्यो : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नयाँ नेकपा बनाउने बनाउने बताएका छन् ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले समाजवादी मोर्चा हुँदै नयाँ क्रान्तिको तयारीका लागि समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताए ।

मोर्चाको दस्तावेजसमेत टुंगो लगाइसकेको उनले बताए ।

‘हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ । तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ,’ उनले भने ।

Tags :