२७ बैशाख २०८३, आइतबार 1778420381
अर्थ

सेयर बजारमा यस वर्षकै उच्च कारोबार

काठमाडौं । साताको चौंथो दिन पनि नेप्से परिसूचक दोहोरो बढेको छ । शेयर बजारमा छाएको हरियालीसँगै बुधबार कारोबार रकम बढेको छ ।

नेप्से १६.४२ अंकले बढेर २०३७ विन्दूमा रोकिएको हो । यस दिन बजारमा १ अर्ब २५ लाख ६१ हजार ४४० कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँ कारोबार भएको छ । आज कारोबार रकम यस वर्षकै उच्च रहेको छ ।

यस्तै खप्तड लघुवित्त वित्तीय संस्था र सिटी होटल्स सर्वाधिक नाफा कमाउनेमा परेका छन् । राष्ट्रिय बीमा कम्पनी र मोलुङ हाइड्रोपावर कम्पनीले सबैभन्दा धेरै घाटामा व्यहोरेका छन् ।

त्यसैगरी शिवम सिमेन्टस २८ करोड १७ लाख ८ हजार ८४२ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

Tags :