काठमाडौँ। हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ।
कोशी प्रदेशको केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मंगलबार पनि कोशी प्रदेशमा सामान्य बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ।
कोशी प्रदेशको केही स्थानहरूमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।