३ भदौ २०८३, बुधबार 1787129166
Banner

एनआरएनएद्धारा आकस्मिक बैठक आह्वान

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आकस्मिक बैठक बस्ने भएको छ। गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको बैठक शुक्रबार नेपाली समय राति ९ बजे बस्न लागेको हो।

शर्माका अनुसार संघको ८३ औं बैठकमा शनिवार देखि शुरु हुने १० औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारीको बारेमा छलफल हुनेछ।

बैठकमा संघका पूर्वअध्यक्ष शेष घलेद्वारा आयोजित एक भेलामा संलग्नमाथि कारवाही सम्बन्धमा समेत छलफल हुनेछ। अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बस्ने बैठकमा पाटन उच्च अदालतको अन्तरिम आदेश र निर्वाचन सम्बन्धी मुद्दाहरूको एजेण्डा प्रस्तुत हुनेछ।