१० कार्तिक २०८१, शनिबार 1729995410
Banner

पहिचानवादी र कोशी सरकारबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । कोशी प्रदेशमा चलेको पहिचानवादी र कोशी प्रदेश सरकारबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।

छिट्टै अर्को वार्तामा बस्नेगरी आज सो बैठक सकिएको हो । सरकारको वार्ता टोलीका संयोजक तिलकुमार मेन्याङ्बोका अनुसार दुवै पक्ष पक्ष अर्को वार्तामा बस्न सहमत छन् ।

विराटनगरको विग होटेलमा आज बिहान ९ बजेदेखि सुरु भएको वार्ता दिउँसो १ बजेसम्म चलेको थियो । कोशी नामकरणको विरुद्धमा आन्दोलनरत पक्ष र प्रदेश सरकारबीच पहिलो पटक औपचारिक वार्ता भएको हो ।

यस्तै, पहिचान पक्षधरका वार्ता टोली सदस्य रामभक्त कुरुङ्वाले वार्ता विना निष्कर्ष टुङ्गिएको बताए । कोशी प्रदेश सरकारले गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छ ।

Tags :