८ मंसिर २०८१, शनिबार 1732396151
Banner

म कुनै कानुन र अदालतलाई मान्नेवाला छैनः बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अदालतको आदेश नमान्ने बताएका छन् ।काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतले आदेश दिएलगतै उनले यस्तो बताएका हुन् । उनले देशको सार्वभौमिकता र स्वाधीनताको सवाल आउँदा कुनै कानुन र अदालत नमान्ने बताए ।

उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्,‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।