२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 1:05 pm
Banner

त्रिविका उपप्राध्यापक प्रेम चलाउनेले तोडे अनशन

सूचना प्रेस २०८० असार ८ शुक्रबार ००:००, १५:२६ बजे १ मिनेट पढाइ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन तोडेका छन् ।

चलाउनेमाथि कुटपिट हुँदा बचाएकी चितवनकी होमकुमारी बरालले दही खुवाएर अनसन छुटाएका हुन् ।

चितवनकी होम कुमारी बरालले चलाउनेलाई दही खुवाएर अनशन तोडाएकी हुन् । उनी आजै चितवनबाट काठमाडौं आएकी हुन् । चलाउनेमाथि कुटपिट हुँदा त्यतिबेला होम कुमारी बरालले नै बचाएकी थिइन् ।

उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए ।

सर्वोच्च अदालतले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी आदेश दिएको थियो । त्यसैले आफूले अनशन स्थगित गरेको बताए ।

Tags :