७ भदौ २०८३, आइतबार 1787513714
Banner

साफ च्याम्पियन : नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं। भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दै छ। साफ च्याम्पियनसिपमा भारतसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो।

दक्षिण भारतको बैंग्लोरमा जारी प्रतियोगिता आज हुने सो खेल राति पौने ८ बजेबाट सुरु हुनेछ।

पहिलो खेलमा आमान्त्रित टिम कुवेतसँग ३-१ ले पराजित भएको नेपाल आज घरेलु टोली भारतविरुद्ध मैदानमा उत्रन लागेको हो। पछिल्लो संस्करणमा नेपाल र भारत उपाधिका लागि आमुने सामुने भएका थिए।

सो प्रतिस्पर्धामा भारत बिजेता बनेको थियो भने नेपाल उपबिजेता भएको थियो, त्यसपछि दुवै टोली मैदानमा उत्रन लागेका हुन्। आजसम्म दुवै देशबीच भएका अहिलेसम्म भएका २३ प्रतिस्पर्धामा भारतले १६ खेलमा बाजी मारेको छ भने नेपालले २ पटक मात्रै जित निकालेको रेकर्ड छ।

बाँकी ५ खेल बराबरीमा टुंग्गिएका दुवै देश आज पुनः मैदानमा आमुने सामुने हुन लागेका हुन्।