८ मंसिर २०८१, शनिबार 1732350785
Banner

नेदरल्याण्डलाई नेपालको १ सय ६८ रनको लक्ष्य

काठमाडौं । नेपालले आइसिसी विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सलाई १ सय ६८ रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्न सकेन । सुपर सिक्स पुग्न जित्नैपर्ने खेलमा नेपालले ४४.३ ओभरमा अल आउट हुँदै १ सय ६७ रनको योगफल तयार पार्‍यो ।

कसले कति रन लिए ?

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन जोडे । कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७ रन योगदान गर्दा भिम सार्की २२ रन, गुलशन झा १५ रन, दीपेन्द्रसिंह ऐरी १४ रन र कुशल भल्ल १२ रन योगदान गरेर पभेलिन फर्किएका थिए ।

नेदरल्यान्ड्सको बलिङमा लोगान भान विकले सर्वाधिक ४ विकेट लिए । उनले ९.३ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए । बास दी लिदी र विक्रमजित सिंहले दुईरदुई विकेट लिँदा क्लेटन फ्लाृइड र आर्यन दत्तले समान एक विकेट लिए ।

Tags :