२७ बैशाख २०८३, आइतबार 1778399622
Banner

कर्णाली प्रदेश सांसद कल्याणी खड्का सवार गाडी दुर्घटना

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सांसद एवं कर्णाली प्रदेश सभा प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सवार गाडी दुर्घटना भएको छ ।

रुकुम प्रहरीका अनुसार कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको गाडी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ घारीपाखामा दुर्घटनामा परेको सांसद खड्का सवार गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा पर्नेहरुमा चौरजहारी नगरपालिका –७ का २७ वर्षीय हुकुम विसी, ४१ वर्षीय विनिता गुरुङ, ५१ वर्षीय सिता विक, ५५ वर्षीय सुगन्धा मल्ल, ५७ वर्षीय मदन खड्का, ५५ वर्षीय ललिता गुरुङ, ३९ वर्षीय युवराज गिरी र ३५ वर्षीय नैनसरा विक रहेका प्रहरीले जनाएको छ ।

गाडी चौरजहारी बजारबाट कोटजहारी जाँदै गर्दा अनियन्त्रित भई सडकबाट ४ मिटर तल खसेको भट्टराईले रातोपाटीलाई जानकारी दिए । घाइतेहरुको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको उनको भनाइ छ ।