१० कार्तिक २०८१, शनिबार 1729973321
Banner

मन्त्री किरातीको जिज्ञासा : वायुसेवा निगमलाई ४८ अर्ब ऋणमा कसले पार्याे ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई ४८ अर्ब ऋणमा कसले पारेको भनी प्रश्न गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो जिज्ञासा गरेका हुन् । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोज्नुपर्ने उनको भनाइ छ ।

‘निगमको ४८ अर्ब ऋण पार्ने धमिरा को हो ? देशले खोज्नु पार्याे? यो त अख्तियारले खोज्नुपर्‍यो । कतिपय मुद्दाहरू अख्तियारमा छ ।

मलाई लाग्छ, अख्तियारले उपयुक्त समयमा ‘दूधको दूध, पानीको पानी’ देखाएर छड्ला, छुट्टाएर छाड्ला,’ उनले भने, ‘किनभने, यो बुद्धको देश हो । यहाँ न्याय मर्दैन ।’

उनले धमिजा र लाउडा काण्डजस्ता ठूलै काण्ड गरेर निगमलाई ४८ अर्ब घाटामा लगेको समेत दाबी गरे ।

Tags :