काठमाडौं । बागमती प्रदेश सभा बैठक अवरोध भएको छ ।
बजेटप्रति असन्तुष्टि राख्दै प्रमुख प्रतिपक्ष दल एमालेले प्रदेशसभा बैठक अवरोध भएको हो । सरकारले बजेटमा सांसदहरुबीच नै विभेद गरेको नेकपा एमालेको भनाइ छ ।
पक्षपाती ढंगबाट बजेट ल्याएको, भूगोल अनुकूल भन्दा पनि मन्त्री र कार्यकर्तामुखी कार्यक्रममा बजेट ल्याएको भन्दै संसद् अवरुद्ध भएको एमालेका सांसद प्रकाश श्रेष्ठले जानकारी दिए ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कुल ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सरकारले चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख रुपैयाँ, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।