१० कार्तिक २०८१, शनिबार 1729973469
राजनीति

राप्रपाले कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई राप्रपाले विश्वासको मत दिने भएको छ ।

बिहीबार राप्रपा कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो।

कार्कीले बिहीबार विश्वासको मत लिँदैछन् । उनी माओवादी र जसपा सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका थिए। कार्की नेतृत्वका सरकार झिनो अङ्कले अल्पमतमा छ। जसपाको १ सांसदले समर्थन गरेमा ४७ सांसदसहित उनको बहुमत पुग्नेछ।

यता, माअ‍ोवादी र कांग्रेसले सरकारको नेतृत्वमा दाबी गरिरहेकोले कोशीमा राजनीतिक दिशा अस्पष्ट देखिएको छ।

Tags :