१० कार्तिक २०८१, शनिबार 1730002436
Banner

कोशी प्रदेशसभामा बजेट अध्यादेश पेश

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभा बैठकमा बजेट अध्यादेश पेश गरेका छन् ।

विश्वासको मत लिनुअघि आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका कार्कीले संसदमा अध्यादेश पेश गरेका हुन् ।

प्रदेश सभामा अध्यादेश पेस गर्दै उनले आफूले अध्यादेशबाट ल्याएको बजेट संविधानसम्मत् भएको दाबी गरेका छन् ।

उनले भने, ‘जेठ ३१ गते नीति तथा कार्यक्रम ल्यायौं । सरकारमा रहेकाले समर्थन फिर्ता ल्याएपछि न हामी विश्वासको मत लिनसक्थ्यौं । न नीति कार्यक्रमलाई रोक्न सक्यौं । न बजेटलाई टार्न सक्थ्यौं । यी तीनवटै कुरा असम्भव थिए । नीति तथा कार्यक्रम आएपछि संविधानको धारा २२० लाई प्रयोग गर्दै त्यो दिन रातिबाट सभा समापन गरेर अध्यादेश ल्याउनुपर्ने बाध्यता भयो । त्यहाँ क(कसको कमजोरी भयो भोलिका दिनमा देखिन्छ । असार १ गते बजेट ल्याइसक्नुपर्ने थियो । बजेट ल्याउँदा नल्याउँदा समस्या हुने भएकाले मैले संविधानको धारा २२० लाई आत्मसाथ गर्दै जेठ ३२ गते बजेट ल्याएको हुँ ।’

मुख्यमन्त्री कार्कीले आजै विश्वासको मत लिँदै छन् । नेकपा माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई माओवादीले विश्वासको मत नदिने औपचारिक निर्णय गरेको छ ।

त्यसैगरी निर्णायक मानिने जसपा पनि तटस्थ रहने निर्णय गरेको छ । उनले अल्पमतमा परेपछि जेठ ३१ गते बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएका थिए ।

Tags :