१० कार्तिक २०८१, शनिबार 1729995086
Banner

नारायणगढ–मुग्लिन सडक १८ घण्टापछि सञ्चालनमा

काठमाडौं । नारायणगढ–मुग्लिन सडक १८ घण्टापछि सञ्चालनमा आएको छ । गए रातिदेखि अवरुद्ध बनेको सडकखण्ड केहीवेरबाट दुवैतर्फ सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सडक गए राति करिब १२ बजेदेखि अवरुद्ध भएको थियो । पहिरो पन्छाउने काम सम्पन्न भएपछि झन्डै १८ घण्टापछि सञ्चालनमा आएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलनजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । तस्विर रासस