१८ श्रावण २०८३, सोमबार 1785772883
Banner

कांग्रेससँग नयाँ सरकार गठनबारे कुरा भएको छैन: अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनका विषयमा नेपाली कांग्रेससँग कुनै कुराकानी नभएको बताउनु भएको छ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले सरकार गठनबारे कांग्रेससँग कुनै कुरा नभएको बताउनु भएको हो।

उहाँले सत्तारुढ कांग्रेसका शीर्ष नेताहरू एमालेसँग छलफल गर्न डराइरहेको बताउनु भयो।

कांग्रेस र एमाले मिलेर सरकार गठन गर्ने चर्चा चलिरहेको छ ? भन्ने प्रश्नमा कांग्रेसका नेताहरू कुरा गर्नै डराइरहेको अध्यक्ष ओलीको जवाफ थियो । उहाँले भन्नुभयो, ‘कांग्रेससँग कुनै हिमचिम छैन। फोनमा पनि कुरा भएको छैन। भेट्दा हाइहेलो मात्रै भइरहेको हो। उहाँहरू खासमा कुरा गर्न पनि डराइरहनुभएको छ।’

कांग्रेसका नेताहरू अनौपचारिक कुरा गर्न पनि डराउने गरेको ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सामान्य भेटघाट हुँदा पनि कसैले हेरिरहेको छ कि झैं गरी यताउति हेर्नुहुन्छ। कुरा नै गर्नुहुन्न।’