७ भदौ २०८३, आइतबार 1787515376
समाचार

संघीय शिक्षा ऐन संसदमा प्रस्तुत गर्ने तयारी

काठमाडौं । सरकारले संघीय शिक्षा ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार संघीय शिक्षा ऐन मन्त्रिपरिषदको समितिमा छलफलको क्रममा छ।

‘मन्त्रिपरिषदकै समितिमा छलफलमा रहेको संघीय शिक्षा ऐन केही दिनभित्रै सदनमा प्रस्तुत गरिन्छ,’ गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भने।

संघीय शिक्षा ऐन आएपछि नयाँ शिक्षा नीतिका लागि मार्गदर्शन हुने पनि उनले बताए। प्रधानमन्त्री दाहालले विश्वविद्यालय ऐनको पनि आवश्यकता रहेकोले तयारीमा लागिएको बताए।