१० कार्तिक २०८१, शनिबार 1729980668
Banner

ललितानिवास प्रकरणमा सलग्नताको अभियोगमा थप दुईजना पक्राउ

काठमाडौं । ललितानिवास प्रकरणमा सलग्न भएको अभियोगमा थप दुई जना पक्राउ परेका छन् ।

सीआईबीकी निर्देशक एआईजी किरण बज्रचार्यका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ परेका हुन् ।

सीआइबीले आइतबार ललितानिवास जग्गा प्रकरणकै अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको थियो ।

त्यसअघि ७ जनालाई पक्राउ गरेकामा सर्वोच्च अदालतबाट पहिल्यै निषेधाज्ञाको आदेश लिएका तीन जना छुटेका थिए । यो प्रकरणमा हालसम्म ९ जना ब्यूरोको हिरासतमा छन् ।

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अनियमिततामा सरकारी कागजात किर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

Tags :