१० कार्तिक २०८१, शनिबार 1729981178
Banner

बागमती प्रदेशसभा सञ्चालन हुने

काठमाडौं । बागमती प्रदेश सरकारले नेकपा एमाले र राप्रपाका मागलाई बजेटमार्फत् संबोधन गर्ने भएपछि प्रदेशसभा सञ्चालन हुने भएको छ ।

बजेटमा असन्तुष्टि जनाउँदै आएको प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाको मागलाई बजेटमा सम्बोधन गर्ने सत्तारुढ दलले प्रतिबद्धता जनाएसँगै बैठक आजदेखि सुचारु हुने भएको हो । प्रदेशसभा सञ्चालनका लागि सोमबार सर्वदलीय बैठक बसेको थियो ।
आज २ बजे प्रदेश सभा बैठक बस्नेछ । यसअघि प्रदेशसभा बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो ।

विपक्षीको निरन्तर अवरोधका कारण आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटमाथि छलफल अघि बढ्न सकेको छैन । प्रतिपक्षी दल एमाले र राप्रपाले बजेट सत्तापक्षका सांसद र मुख्यमन्त्री, आर्थिक मामिला मन्त्री र भौतिक पूर्वाधार मन्त्रीको निर्वाचन क्षेत्रमा बढी केन्द्रित गरेको आरोप लगाउँदै पुनः लेखन गर्नुपर्ने माग गर्दै आएका थिए ।

बैठकमा एमालेबाट प्रमुख सचेतक मधुसूदन पौडेल, अर्थमन्त्री बहादुर सिंह लामा, माओवादीका मुख्य सचेतक रत्न ढकाल तथा राप्रपा दलको नेता उद्धव थापा सहभागी थिए ।

बैठकमा एमालेले आफ्नो बजेटबारे योजना लिखित रूपमा सरकारलाई प्रस्तुत गर्ने र सरकारले त्यसलाई बजेटमा समावेश गर्ने सहमति भएको सो बैठकमा सहभागी एक नेताले बताए ।

Tags :