२७ भदौ २०८३, शनिबार 1789261174
Banner

प्रधानमन्त्रीको जवाफ होइन,अब राजीनामा चाहियो : अध्यक्ष ओली

काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ होइन राजीनामा चाहिएको बताउनु भएको छ।

संसद् भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय रहेको बताउनु भयो।

‘राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो,’ उहाँले भन्नुभयो, ‘हामीलाई जवाफ होइन, राजीनामा चाहियो।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असार १८ गते प्रितम सिंहको पुस्तक विमोचन गर्दै उहाँले आफूलाई प्रधानमन्त्री बनाउन पटक-पटक दिल्ली गएको बताउनु भएको थियो ।