१० कार्तिक २०८१, शनिबार 1729994932
Banner

प्रधानमन्त्रीले संसदमा स्पष्टीकरण दिने

काठमाडौं । संसद्को गतिरोध अन्त्य भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा स्पष्टीकरण दिने सहमति भएको छ । यदि प्रधानमन्त्रीको जवाफ चित्त बुझ्दो नभए संसद अवरोध हुनसक्ने एमाले प्रमुख सचेतक पदम गिरीले बताए ।

एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरै पटक भारत गएको विवादास्पद अभिव्यक्ति दिएका थिए । यसले संसदको अपमान गरेको भन्दै एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।

नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार आइतबार प्रधानमन्त्री पुष्पकमल कमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीसँग गरेको छलफलपछि संसद् अवरोध हटेको हो ।

अब केहीबेरमा बस्ने बैठकमा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग्ने छ । त्यसपछि प्रधानमन्त्रीले जवाफ दिनेछन् ।

एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार प्रधानमन्त्रीले आत्मालोचनासहित संसदलाई आश्वस्त पारे सदन खुल्ने बताए । यदि त्यसो हुन सकेन भने संसदको अवरोध अन्त्य नहुने उनको भनाइ छ ।

Tags :