१० कार्तिक २०८१, शनिबार 1729987375
Banner

प्रतिनिधिसभा बैठक दुई घण्टाका सारियो

काठमाडौं । प्रतिनिधिसभा बैठक दुई घण्टाका लागि सारिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा सभामुख देवराज घिमिरेले दिउँसो १ बजेका लागि पूर्वनिर्धारित बैठक २ घण्टा सारेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेको टेलिफोन संवाद भएको थियो । सो क्रममा सभामुख घिमिरले प्रचण्डलाई सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न शुभकामना समेत दिएका थिए ।

यसैबी सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन शीर्ष नेताहरूबीच वार्ता भइरहेको छ।

उक्त वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्।

Tags :