२९ असार २०८३, सोमबार 1783954530
Banner

अध्यक्ष ओलीको सचिवालयले भन्यो–पशुपतिनाथमा पूजा गर्ने कार्यक्रम थिएन

काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथमा पूजा गर्न जाने कार्यक्रम नरहेको सचिवालयले जनाइएको छ । सचिवालयका अनुसार अध्यक्ष ओली  पशुपतिनाथमा जाने कुनै कार्यक्रम नरहेको हो । अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँले अध्यक्ष ओली पशुपतिनाथमा जाने कुनै कार्यक्रम नरहेको जनाउनुभएको हो। 

‘मैले अध्यक्षको पशुपतिनाथ जाने कुनै कार्यक्रम छैन भनेर भनिरहेको छु, सबैले जाने हो भनेर एकपक्षीय रूपमा लेखिरहेका छन्,’ अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँले भन्नुभयो, ‘आफै जाने भनेर लेख्छन्, आफै जाने कार्यक्रम स्थगित भनेर लेखेको देखियो, जबकि तत्काल कुनै कार्यक्रम नै तय भएको थिएन र होइन ।’ 

सञ्चार माध्यममा जलहरी प्रकरणमा क्षमापूजा गर्न  अध्यक्ष ओली पशुपतिनाथमा जान लागेको समाचार आएका थिए । उक्त समाचारको अध्यक्ष ओलीको सचिवालयले खण्डन गरेको छ ।