११ कार्तिक २०८१, आइतबार 1730016662
Banner

संसद् अवरोध हटाउन एमाले तयार

काठमाडौँ-संसद्को अवरोध खोल्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सकिएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमामा तीन जनाबीच छलफल भएको हो। 

प्रधानमन्त्री दाहालसँगको छलफल सकेर कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली सँगै बाहिरिएका थिए । सोमबार संसद्‍मा अवरोध खुल्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्लियामेन्टमा थाहा हुन्छ।’

प्रतिनिधिसभाको बैठक सोमबार नै दिउँसो ३ बजेका लागि बोलाइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएको छ।