११ कार्तिक २०८१, आइतबार 1730016435
Banner

गोर्खा भर्तीबारे निर्णय लिन सर्वसहमति आवश्यक : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले गोर्खा भर्तीबारे निर्णय लिन सर्वसहमति आवश्यक हुने बताएका छन् ।

सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘यस्तो विषयमा सर्वपक्षीय सर्वसहमति आवस्यक हुन्छ । यस आधारमा उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छौं ।’

भारतीय कानुनमा परिवर्तन भएपछि गोर्खा भर्ती रोकिएको उनले बताए । त्यसपछि भर्ती खुलाउन औपचारिक कूटनीतिक पहल नभएको जानकारी पनि उनले गराए ।

भारतको ‘अग्निपथ’ योजना अनुसारको गोर्खा भर्तीमा नेपालले असहमति जनाएपछि गत अगस्ट महिनाको अन्त्यमा भर्ना छनोटको काम अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

Tags :