१० कार्तिक २०८१, शनिबार 1729988024
Banner

ओली भन्छन् : भ्रष्टाचारको नाममा सरकारको स्टन्ट मात्रै, धर्मस्थली र मातातीर्थको केस खोइ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले केही काम गर्न नसकेपछि भ्रष्टाचारका नाममा राजनीतिक स्टन्ट मात्र गरेको बताएका छन् ।

एमालेको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘अहिलेको सरकार, खासगरी प्रधानमन्त्री र गृहमन्त्री, लडेको राँगो मैले पछारेको’ ओलीले भने ।
यस्तै, उनले धर्मस्थली र मातातीर्थको केस खोइ भन्दै प्रश्नसमेत गरे ।

भुटानी शरणार्थी प्रकरणमा १९ जेठ २०७९ मै प्रहरीकहाँ निवेदन परेको भए पनि अहिले सरकारमा भएकाहरुले ढाकछोप गरेको र बाहिरिएपछि अघि बढाएको उनले बताए ।

यो नियमित प्रक्रियाअनुसार अघि बढेको भन्दै उनले हामीले गर्‍यौं भन्नु व्यर्थको पोलिटिकल स्टन्ट मात्र भएको उनले बताए ।

Tags :