१० कार्तिक २०८१, शनिबार 1730002414
Banner

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आजपनि बस्दैछ। बैठकमा नेताहरूले बोल्न क्रम जारी रहेकाले शनिबार बिहान पनि बैठक बस्ने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, संगठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल हुनेछ। संगठन सुदृढीकरण विशेष अभियानसम्बन्धी जानकारी गराइएको बैठकमा वर्तमान परिस्थिति र हाम्रा कार्यभार, आगामी कामको विस्तृत योजना, कामको उद्देश्य, प्राथमिकता, कार्ययोजना, कार्य विभाजन, पार्टीका रिक्त रहेको पदाधिकारी तथा सदस्यमा कसलाई मनोनयन गर्ने भन्ने विषयमा प्रस्ताव र कमिटीका समायोजन तथा थपघटबारे छलफल पनि गरिनेछ ।

शुक्रबार शुरु भएको बैठक तीन दिन चल्ने छ । बैठकमा जनसंगठन युवा र विद्यार्थी, विभागका काम र व्यवस्थापन, प्रचार विभागबारे पनि छलफल हुनेछ। चूडामणि जङ्गली, केदार न्यौपाने, मुकुन्द न्यौपानेलगायत नेतापार्टी परित्याग गरी गएपछिपद रिक्त छ भने बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद पनि रिक्त छ।