१० कार्तिक २०८१, शनिबार 1730002214
पर्यटन

जैसीदेवलको कृष्ण मन्दिर विद्यासुन्दर शाक्यले गरे उद्घाटन

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले जैसीदेवलमा चोकमा रहेको कृष्ण मन्दिरको उद्घाटन गरेका छन् । पूर्वमेयर शाक्यले आफ्नो कार्यकालमा पुनः निर्माणका लागि बजेट विनियोजन गरेका शाक्यले शनिबार उक्त मन्दिरको उद्घाटन गरेका हुन् ।

काठमाडौंको जैसीदेवल चोकमा अवस्थित जीर्ण अवस्थाको मन्दिर मल्लकालीन मन्दिरलाई सोही शैलीमा निर्माण गरिएको मन्दिर पुनः निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेश प्रजापतिले जानकारी दिए । उनका अनुसार यो मन्दिर २०७२ सालको महाभूकम्पमा पनि केही भएको थिएन । तर, संरचना जीर्ण अवस्थामा थियो ।

काठमाडौंको केन्द्रमा रहेको उक्त मन्दिर जीर्ण बन्दै गएपछि राजेश प्रजापतिले महानगरमा बजेट पहल गरेका थिए । तत्कालीन मेयर शाक्यले उक्त मन्दिर निर्माणका लागि ५३ लाख ३० हजार २४६ रुपैयाँ बजेट विनियोजन गरेका थिए । सहभागितामाबाट २ लाख ६६ हजार ५१२ गरी जम्मा ५५ लाख ९६ हजार ७५८ हजार टोटल लागतमा उत्त मन्दिर निर्माण भएको हो ।

मन्दिर निर्माणपछि विभिन्न भक्तजनहरूले समेत आर्थिक सहयोग गरेका छन् । ४८ जनाभन्दा बढी मानिसले स्वेच्छिक रुपमा मन्दिर निर्माण तथा व्यवस्थापनमा सहयोग गरेका छन् । भक्तजनले गरेको सायोगका आधारमा मन्दिरमा सरकारी स्टामेटभन्दा धेरै काम गर्न सकेको उपभोक्ता समितिको दाबी छ ।

मन्दिर निर्माण मौलिक शैलीमा गरेको समितिको दाबी छ । मन्दिरको छाना वटरप्रुफ हालिएको छ । इटाहरू पनि मौलिक शैली कै हालिएको छ । झ्याल ढोका लगायत मन्दिर निर्माणमा प्रयोग भएका सबै सामाग्री मौलिक शैलीको भएको समितिको दाबी छ ।

शनिवार उक्त मन्दिरमा पूजा गरेर मन्दिर उद्घाटन गरिएको हो । मन्दिर उद्घाटन महानगरका पूर्वमेयर शाक्यले रिवन काटेर गरेका थिए । कार्यक्रममा पूर्वसांसद, वडाअध्यक्ष, काठमाडौं महानगरपालिकाका प्रवक्तालगायत उपस्थित रहेका थिए ।