१० कार्तिक २०८१, शनिबार 1729995105
Banner

एमाले जनताको स्वार्थभन्दा अरू केही देख्दैन : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले जनताको स्वार्थभन्दा अरू केही नदेख्ने बताएका छन् । नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथिको भूमिका निर्वाह गर्ने क्रममा उनले यस्तो बताएको हो ।

नेकपा एमालेले जननेता मदन भण्डारीको ७२औं को अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेका छन् । उक्त कार्यक्रमकै तालिका अनुसार शनिवार काठमाडौं महानगर कमिटीले कालीमाटीको टंकेश्वर क्षेत्रको बिष्णुमित करिडोर टेकुमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा पोखरेलले भण्डारीले देश बनाउने सपना देखेको भन्दै एमालेका कार्यकर्ता र नेताहरूलाई सपना देख्न पनि सिकाएको बताए । भण्डारीले छोटो समयमा एमालेको नेतृत्व गर्दा एमालेलाई देश विदेशमा चिनाउन सफल भएको उनको दाबी छ ।

उनले एमाले भण्डारीले प्रतिपादन गरेको जबजको सिद्धान्तमा हिडिरहेको बताए । जबजले देश र जनता बाहेक अरू कुनै पनि कुरा देख्न नसिकाएको भन्दै उनले अहिले पनि एमालेले जनताको स्वार्थभन्दा अरू कही पनि नदेखेको उनको बताए ।

महानगर कमिटीले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा महानगर र जिल्लाका विभिन्न तहका नेताहरू तथा कार्यकताको पनि सहभागिता रहेको थियो । सांसद कृष्ण गोपाल श्रेष्ठ, पूर्वमेयर विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामेश्वर फुयाल, काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौला, काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेल, काठमाडौं जिल्ला सचिव राजेश शाक्यलगायतको उपस्थित रहेको थियो ।


एमालेले बदलिदो वातावरणीय अवस्थालाई मध्ये नजर गरेर देशव्यापी रूपमा नै यो समयमा वृक्षारोपण आयोजना गरेको छ । बुद्धिजीवी परिषद् काठमाडौं महानगर कमिटीको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

महानगर कमिटी अध्यक्ष निर्मल देउलाले आफूहरूले रोपेको सबै विरुवा बचाउने प्रयास गर्ने बताए । उनले यो वृक्षारोपण जस्तै एमालेलाई आफूहरूले जनताको मनमा रोपेको बताए । वृक्षारोपण एउटा कार्यक्रम भएपनि त्यसको मुख्य उदेश्य जनताको मनमा एमालेलाई रोप्नु भएको बताए ।

जननेता भण्डारीले लिएको सिद्धान्तलाई हरेक मानिसले व्यवहारमा लागू गर्नुपर्ने भन्दै उनले एमालेले त्यसलाई जनतासम्म पु¥याउन विभिन्न कार्यक्रमको सहारा लिएको बताए ।

महानगरका १३ का वडाध्यक्ष ध्रुर्व नारायण मानन्धरले आफ्नो वडामा आएर शीर्ष नेताहरू सहितको सहभागितामा वृक्षारोपण गरिएकोमा धन्यवाद व्यक्त गरे । उनले विरुवा रोप्ने काम प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको विषय रहेकाले यो एउटा कार्यक्रम मात्र नभएर जीवन र स्वास्थ्यसँग जोडिएको विषय भएको बताए ।