८ असार २०८३, सोमबार 1782132207
Banner

स्रोत नखुलेको विदेशी मुद्रासहित ४ जना पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको विदेशी मुद्रासहित ४ जना पक्राउ परेका छन्। विमानस्थल प्रहरी प्रवक्ता एसएसपी दीप शमशेर जबराका अनुसार बुधबार राति ११ बजे स्रोत नखुलेको अमेरिकी डलर लगायत अन्य देशका मुद्रासहित ४ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा बुटवलका अनिश थापा र गुल्मीका सन्तोष पन्थी, दिपेश राना लगायत छन्।

उनीहरूको साथबाट ४१ हजार ४०० अमेरिकी डलर, १ लाख १९ हजार ५०० साउदी रियाल, १३ सय ५७ ओमान रियाल र ४८८ बहराइन दिनार बरामद गरिएको एसपएसपी राणाले जानकारी दिए।

बरामद गरिएको मुद्रा झन्डै एक करोड नेपाली रूपैयाँ हुन आउने एसएसपी राणाले बताए। चाउचाउको काटुनमा राखिएको उक्त रकम चेकजाँचको क्रममा पत्ता लागेको हो ।

पक्राउ पर्नेमध्यका अनिश थापा साढे ११ बजे हिमालय एअरलाइन्सबाट दुबई जाँदै थिए। एसएसपी जबराका अनुसार उनी भिजिट भिसामा जान लागेक रहेछन्। गुल्मीका सन्तोष पन्थी, दिनेश राना लगायतका समूह पैसा पुर्‍याउन विमानस्थल पुगेका थिए।

उनीहरूले ती सबै मुद्रा चाउचाउको कार्टुनमा राखेर अनिश थापालाइ दिएका थिए। चेकजाँचका क्रममा अवैध मुद्रा भेटिएपछि उनीहरू चारै जनालाई विमानस्थल परिसरबाटै पक्राउ गरिएको एसएसपी जबराले जानकारी दिए।

सुटकेशभित्र चाउचाउको कार्टुनमा अवैध विदेशी मुद्रा भेटेपछि अनिशले त्यसबारेमा आफूलाई थाहा नभएको बताएका थिए।

पन्थीलगायतले आफूलाई चाउचाउ हो दुबईमा भएको साथीलाई लगिदे भनेर दिएकोबाहेक अन्य थाहा नभएको बताएपछि एअरपोर्ट परिसरमै रहेको पन्थी लगायत तीन जनालाई तत्काल पक्राउ गरेको थियो।