११ कार्तिक २०८१, आइतबार 1730009663
Banner

राष्ट्रबैंकले डिजिटल करेन्सी जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा अथवा डिजिटल करेन्सी जारी गर्ने सम्बन्धमा भएको अध्ययनका आधारमा थप काम अघि बढाउने भएको छ ।

आइतबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो ।

यस्तै, सार्वजनिक सेवा प्रवाह हुने मुख्य कार्यालयहरुमा विद्युतीय भुक्तानीका उपकरणहरुको प्रयोग गरी राजस्व संकलन गर्ने कार्यका लागि सहजीकरण गरिने समेत मौद्रिक नीतिमा उल्लेख छ ।

सूचना प्रविधिलगायतका सेवा निर्यात गरेबापतको विदेशी मुद्रा विद्युतीय माध्यमबाट भित्र्याउने व्यवस्थालाई थप प्रभावकारी बनाइने नीति राष्ट्र बैंकले अघि सारेको छ ।

यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ‘विद्युतीय भुक्तानीमा आबद्ध संस्थाहरुले गर्ने कारोबारको राफसाफ कार्यलाई प्रिन्सिपल्स फर फाइनान्सियल मार्केट इन्फ्रास्ट्रक्चर ९पीएफएमआई०सँग सामञ्जस्य हुने गरी यस बैंकको प्रणालीमार्फत फछ्र्यौट हुने व्यवस्था मिलाइने’ बताएको छ ।

Tags :