१० कार्तिक २०८१, शनिबार 1730002610
Banner

नेपाल ब्युटिसियन संघमा आबद्ध व्यवसायी आन्दोलनमा

काठमाडौं । नेपाल ब्युटिसियन संघमा आबद्ध व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

संघकी सदस्य सुष्मा महरामाथि गृह मन्त्रालयकी एक कर्मचारीले दुव्र्यवहार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
ब्युटिसियन संघमा आवद्ध व्यवसायीहरुले दुव्र्यवहारविरुद्ध माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका छन् । दुव्यवाहरलाई लिएर गृह मन्त्रालय पुग्दा पनि गुनासो सम्बोधन नभएको उनीहरुको गुनासो छ ।

गृहकी एक कर्मचारीले पदको दुरुपयोग गर्दै सौन्दर्य पेसा गर्दै आएकाहरुलाई धाकधम्की दिनु निकै दुःखद् भएको संघकी अध्यक्ष भगवती खड्काले बताइन् ।

कर्मचारीले दादागिरी देखाउँदै धाकधम्की दिएको देख्दादेख्दै पनि मन्त्रालयले कारबाही नगर्नु झनै दुःखद् भएको अध्यक्ष खड्काको भनाइ छ ।

Tags :