१६ जेष्ठ २०८३, शनिबार 1780171856
Banner

अनुमति नलिई सार्वजनिक स्थलमा धार्मिक अनुष्ठान गरेको भन्दै महानगरले गर्यो अवरोध

काठमाडौं । काठमाडौं महानगरसँग अनुमति नलिइकन सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठान गरेको भन्दै महानगरले अवरोध गरेको छ ।

काठमाडौँ महानगरपालिका–३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेका ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौँ महानगरपालिकाले अवरोध गरेको हो। यही श्रावण १ गतेदेखि सो स्थानमा महोत्सव सञ्चालन भइरहेको छ ।

पार्कमा हिड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृतीसमेत नलिइ गरिएको भन्दै नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृति लिएर मात्रै गर्न आग्रह गरे।

उनले यस्ता कार्यक्रम धार्मिकस्थलमा मात्रै गर्न अनुरोध गरे। यता स्थानीयले भने सो स्थल धार्मिक स्थल नै भएकाले आफूहरूले महोत्सव गरेको बताएका थिए।

नगरप्रहरी र स्थानीयका बिचमा केहीबेर भनाभन भएको थियो।

Tags :